
२८ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले प्रदेशहरूको संरचना घुमाइ घुमाइ बनाइएको बनाइएको जिकिर गरे ।
‘जबसम्म हुँदा खाने र हुने खानेबीचको विभदेका अन्त्य हुँदैन तबसम्म एउटा जाति, एउटा समुदाय र एउटा शासकलाई विशेष अवसर पाप्त हुन्छ, बाँकी वञ्चितिकरणमा परिरहन्छ । तबसम्म यो मुलुकमा न शान्ति, न स्थिरता, न विकास र न समृद्धि प्राप्त गर्न सकिन्छ,’ यादवले भनेका छन्, ‘त्यसकारण यो संरचना अब भत्काउनुपर्छ, अन्त्य गर्नुपर्छ । राजनीतिक लोकतन्त्रलाई सामाजिक लोकतन्त्र र समावेशी लोकतन्त्रको रुमपा रुपान्तरण गर्नुपर्छ ।’
उनले ८ वटा जिल्ला मात्रै मधेश नभएको बताउँदै बाँकी ६ वटा प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुने गरी बनाइएको बताए ।
‘प्रदेशहरुको संरचना, यसरी घुमाइ घुमाइ बनाइएको छ, ७ वटा प्रदेश । एउटा प्रदेश मधेस प्रदेशमा त्यहाँका समुदायको प्रतिनिधित्व छ यद्यपि ८ वटा जिल्ला मात्रै मधेस होइन । बाँकी सबै ६ प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुनेगरी बनाइएको छ । यो के हो त भन्दा संरचनागत विभेद हो । स्ट्रक्चरल डेस्क्रिम्नेशन हो,’ यादवले भने ।
उनले लोकतन्त्रलाई समावेशी लोकतन्त्र नबनाएसम्म, लैंगिक असमानता र विभेद अन्त्य नगरेसम्म मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि प्राप्त नहुने जिकिर गरे ।
‘जबसम्म नेपालमा यो प्रदेशहरुको आकार पहिचान र सामर्थ्यका आधारमा हुँदैन, लोकतन्त्रलाई समावेशी लोकतन्त्र बनाइँदैन, जनसंख्याका आधारमा प्रतिधित्व हुन पाउँदैन, जबसम्म सबै भाषाहरुलाई समानताका साथ जबसम्म मान्यता दिइँदैन, जबसम्म पुरुष र महिलाको बीचमा राज्यले महिलालाई विभेद जबसम्म गर्छ, राज्यले कायम राख्छ, राज्यले जबसम्म लैंगिक असमानता र विभेद अन्त्य गर्दैन, जबसम्म मधेसी र गैरमधेसी बीचको भेदभावको अन्त्य हुँदैन, जसबम्म दलित र गैरदलितको भेदभावको अन्त्य हुँदैन, जबसम्म आदिवासी र अन्यको बीचमा भेदभावको बीचमा विभेद अन्त्य हुँदैन,’ यादवले भनेका छन् ।
प्रतिक्रिया 4