
२४ असार, काठमाडौं । नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले जंगीअड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।
शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् ।
शर्माले नेपाल–भारत सीमालाई नियमन गर्नुपर्ने बताएका बेला नेपालस्थित भारतीय राजदूत श्रीवास्तव जंगीअड्डा पुगेका हुन् । तर यो भेट सामान्य शिष्टाचार भेट भएको जंगीअड्डाले जनाएको छ ।
भेटका क्रममा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
‘यस किसिमका भेटले आपसी सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन मद्दत पुग्न विश्वास नेपाली सेनाले लिएको छ’ भेटबारे सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4