+
+

एमालेसँग सहकार्यको ढोका खुलेकै छैन : माधव नेपाल

टोपराज शर्मा टोपराज शर्मा
२०७९ असार २५ गते १३:११

२५ असार,बुटवल । नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले आफ्नो दलसँग सहकार्यको ढोका खोल्दै नखोलेको बताएका छन् ।

समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले आफ्नो पार्टी गठनपछि एमालेले बन्द गरेको सहकार्यको ढोका अझै नखुलेको बताएका हुन् । ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहांबाट बन्द हुनु ?’ पत्रकारले आउँदो चुनावमा एमालेसँग तालमेलको सम्भावना कत्तिको छ भनेर सोधेको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ । हामीले उठाएका इस्युहरू ज्युंदै छन् ।’

अध्यक्ष नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन कायमै रहने तर पार्टी गठबन्धनको मात्रै भर नपर्ने बताए ।

तत्कालीन नेकपा ब्युझाउन सकिन्छ कि भनेर पनि सचिवालयका ९ जना मध्ये ५ जनाको बैठक बसेर छलफल अघि बढाएको समेत नेपालले बताए ।

२०६३ सालमा आफूले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाएको र २०६६ मा उनले आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै नेपालले वामपन्थी दलहरू मिल्दा कांग्रेस आत्तिन नहुने बताए ।

विश्वमा युद्धको कालो बादल मडारिएको र त्यसको बाछिटा एसियातिर पनि आउने चिन्ता बढेकाले नेपाल सजग बन्दै असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारीरुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

नेपाल कुनै पनि शक्ति राष्ट्रसंगको सैन्य गठबन्धनमा सामेल हुन नहुनेमा जोड दिंदै अध्यक्ष नेपालले कुनै पनि सम्झौतामा सहमति जनाउनुअघि सरकार र दलहरु गहिरो अध्ययन गरेर मात्र निर्णयमा पुग्नुपर्नेमा जोड दिए ।

अमेरिकी सहयोग परियोजना एमसीसीको ब्याख्यात्मक घोषणाको कार्यान्वयनबारे सरकारले फलोअप गर्नुपर्ने बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?