+
+

श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास छाडे

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते १६:१४

२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् ।

प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका सुरक्षा स्रोतलाई उधृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले समाचार लेखेको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् ।

श्रीलंका प्रहरीले शनिबार राति ९ बजेपछि कर्फ्यु घोषणा गरेको छ । पश्चिमी प्रान्तको विभिन्न प्रहरी कार्यालयहरुले आफ्नो क्षेत्रभित्र कर्फ्यु घोषणा गरेका हुन् । प्रहरीले कर्फ्यु उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने बताएको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् । राष्ट्रपति निवासमा भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

हेर्नुहोस् राष्ट्रपति निवासमा प्रदर्शनकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?