+
+

रेखाको टिप्पणी : नायक हल्लाले पाउने उपाधि होइन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते ११:४९

काठमाडौं । अभिनेत्री तथा निर्देशक रेखा थापा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छन् । राजनीतिक घटनाक्रम र प्रवृत्तिमाथि उनी बेलाबेलामा दृष्टिकोण पेश गरिरहेकी हुन्छिन् ।

शनिबार आएको उनको फेसबुक स्टाटसले ‘नायकत्व’माथि व्यंग्य र प्रश्न गरेको छ । चाँडै विश्वास गरेर नायक बनाउने र पछि पछुताउने राजनीति र फिल्मको प्रवृत्तिमाथि रेखाले व्यंग्य गरेकी छन् ।

रेखा लेख्छिन्, ‘नायक हल्लाले पाउने उपाधि होइन । अनवरत रुपमा मान्छेको मस्तिष्कभित्र छाड्ने असम्भव सफलताको छाप हो । चाहे त्यो राजनीति होस्, चाहे फिल्म, चाहे खेल ।’

रेखाको यो स्टाटसले एकैसाथ धेरैतिर प्रश्न गरेको छ । उनले मुख्यतः फिल्म, राजनीति र खेल क्षेत्रतिर प्रहार गरेको जनाएकी छन् ।

पछिल्लो चार वर्षयता रेखा फिल्ममा फर्किएकी छैनन् । उनको फिल्म मालिका पछिल्लोपटक रिलिज भएको थियो । उनी नयाँ फिल्मको तयारीमा समेत छिन् । साथै आगामी संसदीय चुनावमा पनि रेखाको तयारी हुन सक्ने अनुमान गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?