+
+

बसले किचेर सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते ११:५१

२६ असार, चितवन । चितवनको भरतपुरमा बसले किचेर सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा गम्भीर घाइते भएका सहचालक भरतपुर–२४ का सुरज नेपालीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

बस बिग्रिएपछि मर्मतका लागि भनेर सहचालक बस मुनि गएका बेला चालकले बस स्टार्ट गर्न पुगेका थिए । बस चालकले स्टार्ट गरी बस अगाडि बढाउने क्रममा बसको मुनि रहेका सुरज किचिएका थिए ।

बस चालक भरतपुर–२७ बस्ने ४२ वर्षीय राजकुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?