+
+

एन्फा कार्यसमिति बैठक साउन २ गते, महिला साफदेखि एनएसएलसम्मको एजेन्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १६:५३

२६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ । आसन्न साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग (एनएसएल) लगायत विभिन्न विषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक बोलाएको एन्फा महासचिव किरण राईले जानकारी दिए ।

एनएसएल आयोजनाका लागि अघिल्लो कार्यसमितिले आयोजकलाई भदौदेखि कात्तिकसम्मको मिति उपलब्ध गराइसकेको छ । तर ए डिभिजनका असन्तुष्ट चार क्लबले एन्फासँग छलफल गर्दै एनएसएलसँगको सम्झौता नै रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ । यी विषयको बारेमा कार्यसमितिमा छलफल हुनेछ ।

‘साउन २ गते कार्यसमिति बैठक डाकिएको छ । जसमा साफ महिला च्याम्पियनसिप, एनएसएल, केही पदाधिकारी नियुक्ति लगायत विषयमा छलफल हुनेछ’, महासचिव राईले भने ।

साफ महिला च्याम्पियनसिप भदौमा नेपालमा आयोजना गर्ने तय  भएपनि काठमाडौं वा बाहिर कहाँ गर्ने निर्णय भएको छैन । त्यसको टुङ्गो कार्यसमिति बैठकले लगाउनेछ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिम एसियन गेम्सको लागि प्रशिक्षणमा छन् । त्यसैलाई अब साफ च्याम्पियनसिपको तयारीको रुपमा अघि बढाउने सम्भावना छ ।

यस्तै केही दिनअघि ए डिभिजनका चार क्लब थ्रीस्टार, मनाङ मर्स्याङ्दी, एनआरटी र संकटाले एन्फा पदाधिकारीलाई भेटेर एनएसएलसँगको सम्झौता रद्द गर्न सिफारिस गर्ने विषयमा छलफल गरेका थिए । त्यसलाई कार्यसमितको बैठकमा सिफारिस गरिनेछ र छलफल गरिनेछ ।

६ असारमा सम्पन्न निर्वाचनबाट पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि एन्फाले एनएसको विषयमा क्ललहरुसँग छलफल गरेर अघि बढ्ने जनाएको थियो । कार्यसमिति बैठकमा केही पदाधिकारी मनोनित गर्ने र उमेर समूहको प्रतियोगिताको बारेमा पनि छलफल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?