+
+

८१५.५१ मिलियन युरो खर्चिँदा पनि युभेन्टसले जित्न सकेन च्याम्पियन्स लिग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १७:५१

२६ असार, काठमाडौं । सन् २०१८ मा इटालियिन क्लब युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोसहित ठुला खेलाडीहरु भित्र्याएर युरोपमा हावी हुने लक्षण देखाएको थियो ।

लगातार सातौँ पटक घरेलु लिग जितेपछि युभेन्ट्सले च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित खेलाडी अनुबन्धमा खर्च गर्‍यो । तर पछिल्लो पाँच सिजनमा युभेन्ट्सले च्याम्पियन्स लिग भने जित्न सकेको छैन ।

युभेन्ट्सले सन् २०१८ मा रोनाल्डोलाई ११७ मिलयन युरो, जाओ कान्सेलोलाई ४०.४ मिलियन युरो, डुगलास कोस्टालाई ४० मिलियन युरो, लियोनार्दो बोनुचीलाई ३५ मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

यस्तै एम्रे कानलाई फ्रिमा अनुबन्ध गरेको थियो । पाउलो डिबला, सामी खेडिरा, मारियो मान्डुकिच, जुवान क्वाड्राडो र मिरालेम प्यानिच समेत रहेको टिममा युभेन्ट्सले अरु खेलाडी अनुबन्ध गर्न २६३.२० मिलियन युरो खर्च गरेको थियो ।

त्यसको अर्को वर्ष युभेन्ट्सले माथि डे लिटलाई ८५.५ मिलियन युरो, डानिलोलाई ३७ मिलयन, डेजान कुलुसेभ्स्कीला२ ३५ मिलियन, क्रिस्टियन रोमेरोलाई ३१.४ मिलियन, लुका पेलेग्रिनीलाई २२ मिलियन, मेरिह डेमिराललाई १९.५ मिलियन, आरोन राम्से, एड्रिएन राबिओट र जुयानलुजी बफोनलाई फ्रि मा अनुबन्ध गरेको थियो ।

लगातार नवौँ पटक सिरी ए जित्नुका साथै २३०.५ मिलियन युरो खर्च गरे पनि युभेन्ट्स च्याम्पियन्स लिगमा भने लियोनसँग अन्तिम १६ मा पराजित हुँदै बाहिरियो । त्यसपछि क्लबका अध्यक्ष आन्द्रे अङ्गेलीले च्याम्पियन्स लिग उद्देश्य रहेको र हरेक वर्ष रहिरहने बताएका थिए ।

२०२१ मा युभेन्ट्सले आर्थर, निकोलो रोभेला, अल्भारो मोराटा र रोलान्डो मान्ड्रागोराका लागि १५५.३१ मिलियन युरो खर्च गर्‍यो । यद्यपी युभेन्ट्सका लागि केही पनि राम्रो भएन । च्याम्पियन्स लिगमा अन्तिम १६ मा पोर्टोसँग पराजित हादै बाहिरियो भने सिरी ए पनि जित्न सकेन ।

लगातार नवौँ पटक लिग जितेपछि युभेन्ट्सले लिग जित्न त सकेन नै च्याम्पियन्स लिगमा छनोट हुनका लागि पनि संघर्ष गरेको थियो ।

प्रशिक्षकमा परिवर्तन र क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेड गएपछि युभेन्ट्सका लागि सिजन कठिन रह्यो । सन् २०१०/११ पछि युभेन्ट्सले गत सिजन उपाधि बिहीन बन्नुपर्‍यो ।

सिरी ए मा चौथो भएको युभेन्ट्स च्याम्पियन्स लिगमा भियारियालसँग अन्तिम १६ मा पराजित भयो ।

समग्रमा युभेन्ट्सले पछिल्लो पाँच सिजन ८१५.५१ मिलियन खर्च गरेको छ । युरोपमा यो भन्दा बढी कुनै टिमले खर्च गरेको छैन ।

युभेन्ट्सपछि म्यानचेष्टर सिटीले ६५३.६६ मिलियन, रियल मड्रिडले ६३१.२५, बार्सिलोनाले ६२१.१० मिलियन र चेल्सीले ६१९ मिलियन युरो खर्च गरेको थियो ।

युभेन्ट्सले जाओ कान्सेलाई ६५ मिलियन, प्यानिचलाई ६० मिलियन, माटिया काल्डारालाई ३६ मिलियन, मोइस किनलाई २७.५ मिलियन, एम्रे कानलाई २५ मिलियन, रोनाल्डोलाई १५ मिलियन, रोडरिगो बेन्टानकुरलाई १९ मिलियनमा बेचेर ५११.५२ मिलियन आम्दानी गरेको थियो । र उसले त्यही रकम खेलाडी अनुबन्धमा खर्च गरेको थियो ।

डिबला र चिलेनीले छाडे, डे लिटले के गर्लान् ?

युभेन्ट्स अझै पनि च्यानम्पियन्स लिग जित्नका लागि टिम पुनर्निमार्ण गरिरहेको छ । २०२२-२३ को सिजन टिममा केही परिवर्तन हुनेछ ।

जनवरीमा डुसान भ्लाहोभिच र डेनिस जाकारियालाई अनुबन्ध गरिसकेको युभेन्ट्सले एन्जल डि मारियालाई अनुबन्ध गरिसकेको छ भने पउल पोग्बा पनि पर्कँदैछन् ।

डि मारियाले युभेन्ट्समा सकेसम्म धेरै ट्रफी जित्ने बताइसकेका छन् । पाउलो डिबला र जर्जियो चिलेइनीले टुरिन छाडिसकेका छन् । डिफेण्डर माथिस डे लिट पनि बायर्न वा चेल्सी गए यो सूचीमा समावेश हुनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?