+
+

किशोरीमाथि बलात्कार प्रयासको आरोपमा वडा अध्यक्षविरुद्ध पक्राउ पुर्जी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते २०:०८

२६ असार, हेटौंडा । हेटौंडा–बलात्कार प्रयासको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिका-९ का वडा अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्लाको विकट कैलाशका वडा अध्यक्ष भुवनसिंह घलानविरुद्ध १४ बर्षिया किशोरीले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलान बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार किशोरीले जाहेरी दर्ता गरेपछि शुक्रबारनै वडा अध्यक्ष घलानबिरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । १८–१९ मा हेटौंडामा आयोजित राष्ट्रपति रनिङ शिल्डमा आएकी कैलाश गाउँपालिका– ९ मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किशोरीले दिएको जाहेरीमा आफुसहित साथीहरु बसेको होटलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफुमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छन् ।

आफू निदाएको अवस्थामा एक्कासी शरीरमा केही हिँडेजस्तो लागेर हेर्दा वडाध्यक्ष घलानले गोप्य अंगमा सुमसुम्याएको पाएपछि इन्कार गरेर लात्ती हानेपछि वडाध्यक्ष भागेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।

पीडित बालिकाले सुक्रवार बलात्कारको आरोप लगाउदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?