+
+

अमन र अनिमालाई मिस्टर एण्ड मिस विश्वकर्माको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १६:५७

काठमाडौं । मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल-२०२२ को उपाधि अमन गदाल र एनिमा घतानीले जितेका छन् । अमन गदालले मिस्टर विश्वकर्मातर्फ उपाधि जिते । कृष कालिराज फस्ट रनरअप र मनिष दराल सेकेन्ड रनरअप घोषित भए ।

अनिमा घतानीले मिस विश्वकर्मातर्फ उपाधि जितिन् । इशा सिलवाल फस्ट रनरअप र मनिषा विश्वकर्मा सेकेन्ड रनरअप भए । उपाधि विजेता अमन र एनिमाले जनही ५०-५० हजार रुपैयाँ प्राप्त गरे ।

बी-ब्रोज इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताका विजयीलाई पूर्वमन्त्री मीन विश्वकर्माले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?