
काठमाडौं । निर्देशक शोभित बस्नेतले आगामी फिल्म ‘पीआर’को छायांकन कास्कीको धम्पुसबाट थालेका छन् । यसअघि पहिलो चरणको छायांकन अस्ट्रेलियामा ६० प्रतिशत सम्पन्न भएको थियो ।
छायांकन सेटबाट प्राप्त तस्वीरमा दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल, विनिता कार्कीलाई देख्न सकिन्छ । दिक्पालको यो ९ वर्षपछिको कमब्याक हुनेछ । सन् २०१६ मा उनको पछिल्लो फिल्म ‘च्याम्पियन’ प्रदर्शन भएको थियो ।
निर्देशक बस्नेतले बाँकी छायांकन नेपालमा खिच्ने तालिकाअनुसार काम भैरहेको बताए । यतिबेला प्रसिद्ध पर्यटकीय थलो धम्पुसमा धमाधम छायांकन भैरहेको उनले जनाए । छायांकन पोखरा र चितवनमा पनि हुनेछ ।
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको फिल्ममा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी विमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी कृष्ण थापा र नवीन घायल लगायतको अभिनय हुनेछ ।
प्रदीप दाहाल र लक्ष्मण सापकोटा निर्माता हुन् । मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद छ ।
प्रतिक्रिया 4