+
+

सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १६:५९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार मृत भइसकेको टिप्पणी गरेका छन् । सोमबार सम्पादकहरुसँगको छलफलमा उनले सरकार मृत भइसकेको भन्दै उनले अब यसलाई बोकेर हिँड्न नहुने बताए ।

‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ’ उनले भने, ‘यो सरकार डेड भइसक्यो, देशका लागि यो मृत भइसक्यो ।’

ओलीले अब सरकारको अंग प्रत्यंग झर्दै जाने पनि टिप्पणी गरे । ‘भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन्, यसका अंग प्रत्यंग झर्दै जान्छ’ उनले भने, ‘भ्रष्टचारी अंग झरेर पिठ बन्छ ? त्यो ठाउँ त रुखो हुन्छ ।’

एमाले अध्यक्ष ओलीले अब मुलुक चुनावका प्रवेश गरिसकेको भन्दै सरकारको काम नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?