
२७ असार, काठमाडौं । न्यायपरिषदले धनुषाका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईलाई सर्वोच्च अदालतमा काजमा तानेको छ । उनले गरेको एक फैसला विवादित भएपछि उनलाई कामकाजबाट अलग गर्दै सर्वोच्च अदालतमा तानिएको हो ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले उनलाई सर्वोच्च अदालतमा काजमा तानिएको बताए । व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो । त्यो फैसलामाथि न्यायपरिषदले छानबिन समेत थालेको छ ।
६ कात्तिक २०७६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले आरोपितलाई सफाइ दिएको थियो ।
सफाइ लगत्तै उनको फैसलाको विरोध भएको थियो भने परिषदमा समेत उजुरी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4