+
+

बेलायतको प्रधानमन्त्रीको दौडमा ११ उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १०:४०

२८ असार, काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीका लागि ११ जनाले दाबी गरेका छन् । नयाँ प्रधानमन्त्रीको टुंगो ५ सेप्टेम्बरमा हुने छ । यसदिन कन्जरभेटिभ पार्टीको दलको नेता चुनिने र सोही नेता प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ ।

यौन उत्पीडनको आरोप लागेका व्यक्तिलाई राजनीतिक नियुक्ति दिएको घटनापछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले यही जुलाई ७ तारिखमा कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका थिए । त्यसअघि उनी नेतृत्वको सरकारका वरिष्ठ मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री जोन्सन पनि राजीनामा दिन बाध्य भएका थि ।

हालसम्म नयाँ प्रधानमन्त्रीको रेसमा ११ जना उम्मेदवार देखिएका छन् । भावि प्रधानमन्त्रीको रुपमा वित्तमन्त्री पदबाट राजीनामा दिएका भारतीय मुलका ऋषि सुनक र स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएका पाकिस्तानी मुलका साजिद जाविदको नामसमेत चर्चामा छ ।

दलको नेतामा दाबी गर्ने म्याद आज मंगलबारसम्म छ । दाबेदारी प्रस्तुत गर्नका लागि कम्तिमा २० जना सांसदको समर्थन चाहिन्छ । त्यसपछि बुधबार दलको नेता चयनका लागि पहिलो चरणको मतदान हुने छ । सबैभन्दा बढी मत ल्याउने उम्मेदवारहरुबीच प्रतिस्पर्धा गर्दै जाँदा २१ जुलाईसम्म उम्मेदवारहरुको संख्या घटेर दुई जनामात्र रहने बीबीसीले जनाएको छ । ५ सेप्टेम्बरमा दलको नेता घोषणा हुने र सोही नेता प्रधानमन्त्री बन्ने समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?