+
+

आयकरको तेस्रो किस्ता असार मसान्तसम्म बुझाउन विभागको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १४:३९

२८ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण असार मसान्त भित्र बुझाउन करदातालाई ताकेता गरेको छ ।

विभागले एक सूचना निकाल्दै आयवर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सो को विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्त भित्रै बुझाउन विभागले सूचित गरेको हो ।

१ साउनदेखि आगामी आर्थिक वर्ष २०७९/८० सुरु हुन्छ । त्यसपछि आयकर ऐन अनुसार जरिवाना सुरु हुन्छ । सरकारले चालु आर्थिक वर्षमा आयकरबाट मात्र २ खर्ब ८९ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । जसमध्ये वैशाख मसान्तसम्म २ खर्ब ३४ करोड रुपैयाँ संकलन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?