+
+

नेपाल श्रीलंकाको बाटोमा छैन : सांसद देव

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:१९

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ भने सिक्नुपर्ने धारणा राखे ।

‘के कारणले श्रीलंका त्यहाँ पुग्यो ? नेपाल त्यहाँ पुगिराखेको छैन । म एउटा अर्थशास्त्रको विद्यार्थीको नाताले, राजनीतिको पनि विद्यार्थीको नाताले म यो कुरामा ढुक्क छु कि नेपाल त्यतातिर गइराखेको छैन । यो म कुनैपनि अर्थशास्त्रीसँग, कुनैपनि नेताहरुसँग, बुद्धिजिवीहरुसँग छलफल गर्न तयार छु । नेपाल त्यतातिर गइराखेको छैन’ उनले भने ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नयाँ तथ्यांकमा विदेशी मुद्रा सञ्चिती बढ्दै गएको देखिएको पनि सांसद देवले बताए ।

‘हिजो नेपाल राष्ट्र बैंकले जुन आर्थिक तथ्यांकहरु सार्वजनिक गरेको छ, त्यसले पनि इक्करेजिङ ट्रेन्डलाई देखाएको छ । तर के भन्दाखेरि सर्तकताको जरुरी छ’ उनले भने ।

नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न भने बेलैमा सतर्क हुनुपर्ने उनको भनाइ छ ।

‘कोभिडलाई मात्रै कारण देखाएर या रसिया र युक्रेनको युद्धलाई मात्रै कारण देखाएर पन्छिन खोज्यौँ भने त्यो मुर्खता हुन्छ । त्यो देशको प्रति गद्दारी, बेइमानी हुन्छ । विश्वासघात हुन्छ । मुलुक दुर्घटनामा जान्छ । त्यसकारणले सिक्नुपर्ने कुरा श्रीलंकाबाट के सिक्ने त्यो महत्वपूर्ण छ’ सांसद देवले भने ।

श्रीलंकाले निरन्तरको दुई दशकदेखिको गलत आर्थिक नीति, भ्रष्टाचार, कमिशनतन्त्र र परिवारवादको कारणले गर्दा अहिलेको अवस्था भोग्नुपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?