+
+

सुदूरपश्चिममा प्रदेशसभा बहिष्कार गरेका प्रतिपक्षी दलसँग मुख्यमन्त्री छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते ८:४७

२९ असार, धनगढी । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलले लगातार दुई दिनसम्म प्रदेशसभाको बैठक बहिष्कार गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका लागि बोलाएका छन् ।

नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री भट्टले छलफल गर्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले मुख्ययमन्त्रीले छलफलका लागि बोलाएको बताउँदै विपक्षी दलको संयुक्त बैठक गरेका निर्णयका आधारमा तयार पारिएको १४ बुँदे माग पत्र बुझाइने अनलाइनखबरलाई बताए ।

एमालेका तर्फबाट दलका नेता प्रकाश शाह, प्रमुख सचेतक भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी छलफलमा जाँदैछन् भने लोसपाका कृष्ण चौधरी पनि छलफलमा सहभागी हुनेछन् । जसपाकी मालमती राना भने काम विशेषले धनगढी बाहिर छिन् ।

प्रदेश सरकारले असार १ गते ल्याएको अगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै प्रतिपक्षी दलले सोमबार र मंगलबार प्रदेशसभा बैठक बहिष्कार गरेका थिए । प्रतिपक्षी दल बैठकमा सहभागी नभएपछि जसरी पनि प्रदेशसभाबाट बजेट पारित गर्ने रणनीतिमा रहेको सरकार दबाबमा परेको छ ।

बजेटको विषयलाई लिएर सत्तारुढ दलभित्र समेत संशोधनको माग चर्को रुपमा उठेको छ । अहिले पनि सत्तारुढ दलका प्रदेशसभा सदस्यहरु संशोधनविना बजेट पास गर्न नसकिने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?