+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सभामुखलाई एमालेको प्रश्न : ‘गैरसंवैधानिक’ विषयमा संसदमा छलफल गर्न मिल्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते ११:५३

२९ असार, काठमाडौं । नेकपा (एमाले)ले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैरसंवैधानिक भनिएको विषयवस्तु राखेर विधेयक ल्याउनुको कारण सरकारले दिनुपर्ने बताएकी छन् ।

बुधबार संसदको बैठकमा विशेष समय लिएर सांसद तुम्बाहम्फेले सभामुखमाथि समेत प्रश्न उठाइन् ।

हिजो ओली सरकारले अध्यादेश ल्याउँदा गैरसंवैधानिक भयो भनेर अदालत गएको र त्यो मुद्दा विचाराधीन रहेको भन्दै तुम्बाहम्फेले भनिन्, ‘सर्वोच्चमा विचाराधीन रहेको विषय, जसलाई गैरसंवैधानिक भन्छौं भने गैरसंवैधानिक विषयमा संसदमा छलफल गर्न मिल्छ ?’

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस गर्न नपाइने भन्दै विधेयक फिर्ता हुनुपर्ने बताइन् ।

सभामुख आफूहरुको पहिलो नम्बरको नेता भएको भन्दै तुम्बाहम्फेले भनिन्, ‘सम्मानीयय सभामुखज्यू, यहाँ हाम्रो नेता हो । नेताले आफ्नो संस्थाभित्र आएको विषय हेर्ने कि नहेर्ने ? संस्था सञ्चालन गर्न यहाँ बसिरहँदा मेरो दायित्व के हो भन्ने विचार गर्नुपर्छ कि पर्दैन ?’

सभामुखले संविधान कानुन अनसार दायित्व पूरा गर्ने विश्वास रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?