+
+

हुम्लामा सुत्केरीले पाएनन् पोषण भत्ता

रासस रासस
२०७९ असार २९ गते १२:५९

२९ असार, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन् ।

सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट वञ्चित भएको जनाएका छन् ।

स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई रु दुई हजार भत्ता उपलब्ध गराउँदै आएको छ ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरीको सङ्ख्या बढी र प्रदेशले छुट्याएको रकम कम भएका कारण उनीहरुले भत्ता पाउनबाट वञ्चित भएका जनाइएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को प्रदेशबाट उपलब्ध गराउँदै आएको सो भत्ता आथिक वर्षको अन्तसम्म पनि नपाएपछि उनीहरुले गुनासो गरेका हुन् ।

स्थानीय गीता परियारले स्वास्थ्य संस्थामा सुत्केरी भए मार्फतको तीन हजार सङ्घ सरकारको ससर्त अनुदान मार्फतको रकम आफूले प्राप्त गरेको भएपनि प्रदेश सरकारले कर्णाली पोषण प्याकेज भनेर छुट्याएको रकम नपाएको बताइन् ।

यसभन्दा पहिले उक्त रकम स्वास्थ्य सेवा कार्यालयमा आउने र यो वर्षबाट प्रदेशले गाउँपालिका मातहतमा पठाउने गरेको हुँदा स्वास्थ्यकर्मी आफैं अन्यौलमा परेका छन् ।

स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढी भएका कारण प्रदेश सरकारले छुट्याएको रकम अपुग भएको हुँदा भत्ता दिन नसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।

उक्त भत्ताका लागि यही असार २० गते रु ९२ हजार निकासा भइसकेको तर उक्त रकम पर्याप्त नभएपछि पुनः बजेट माग गरेको उनको भनाइ छ । तर प्रदेशबाट माग स्वीकृत नभएपछि समस्या भएको उनको भनाइ छ ।

जिल्लाका सात गाउँपालिकामध्ये चङ्खेलीमा एक लाख ५० हजार, ताँजाकोटमा ६ लाख, नाम्खामा तीन लाख रकम निकासी भई वितरणको प्रक्रियामा रहेको स्वास्थयकर्मीहरुले जनाएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?