+
+

२०७७ सालको एसईईको प्रश्नपत्र ९ लाखमा बिक्री

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र ९ लाख २३ हजार ६५० मा बिक्री गरिएको एसईई परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १८:३३
फाइल तस्वीर

२९ असार, काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र ९ लाख २३ हजार ६५० मा बिक्री गरिएको एसईई परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसकेपछि प्रश्नपत्र पनिकामा राखिएको थियो । ५२ हजार ७८० केजी प्रश्नपत्र केजीको साढे १७ रुपैयाँले विक्री गरिएको कार्यलयले जनाएको छ ।

कार्यलयले झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरेको थियो ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले डढाउनु अथवा कुहाउनु भन्दा रिसाईक्लिङ गर्नु राम्रो भएकोले र राजश्व पनि आउने भएकोले बिक्री गरेको बताए । उनले भने ‘डढाउनु अथवा कुहाउनु भन्दा रिसाईक्लिङ गर्नु राम्रो हो, राजश्व पनि आयो ।’

कार्यलयको अनुसार करिब २ करोड लागतमा उक्त प्रश्नपत्र छापिएको थियो । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?