+
+

पहिले शेरबहादुर र रामचन्द्रलाई कारबाही गर्नुपर्छ : केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १७:०९

३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने भए पहिला शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने बताएका छन् ।

पार्टी कार्यालय, सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता केसीले पार्टी मिलाएर लैजान सभापतिलाई आग्रह गरे ।

‘जहाँसम्म चुनावमा असहयोग गरेकाहरुलाई कारबाही गर्ने कुरा छ, गठबन्धन भएको ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकाहरुलाई कारबाही गर्ने हो भने सबभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ,’ केसीले भनेका छन्, ‘किनभने उहाँहरुले नै हो हामीलाई अन्त भोट हाल्न सिकाएको ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?