+
+

लुम्बिनीको वन मन्त्रालयमा खादा र प्लाष्टिक प्रयोग गर्न निषेध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १७:३५

३० असार, बुटवल । लुम्बिनी प्रदेशको वन वातावरण तथा भू संरक्षण मन्त्रालयले आफू मातहतका निकायमा खादा र प्लाष्टिक जन्य सामग्रीहरु पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले बिहीबार पत्रकारहरुसँग गरेको छलफलमा मन्त्रालयको बिहीबारै बसेको बैठकले खादा र प्लाष्टिकजन्य माला, ब्याच तथा अन्य सामग्रीहरुलाई निषेध गर्ने निर्णय भएको जानकारी दिएको हो ।

वनमन्त्री सुरेन्द्र हमालले वातावरणको संरक्षण र स्वदेशकै वनस्पतिजन्य सामग्रीहरुको प्रयोग बढाउन मन्त्रालय र मातहतका सबै निकायमा खादा र प्लाष्टिकजन्य सामाग्री प्रयोग नगर्न परिपत्र गरिसकेको बताए ।

मन्त्रालयले गौतमबुद्ध वृक्ष संरक्षण प्रबल पुरस्कार ३ वटा सामुदायिक वन र उत्कृष्ट वनकर्मीबाट ४ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । ५१ हजार १ सय पुरस्कार राशीबाट रुपन्देहीको चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल १२, पाखुरे सामुदायिक वन तथा उपभोक्ता समूह रैनादेवी छहरा पाल्पा र बैजलपुर सामुदायिक वन तथा उपभोक्ता समूह बाणगंगा कपिलबस्तु पुरस्कृत भएका छन् ।

यस्तै २३ हजार राशीको पुरस्कारबाट डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत उप्रेन्द्र अर्याल, डिभिजन वन कार्यालय रोल्पाका वनरक्षक गगनसिंह गोसाई, कपिलबस्तु गौतमबुद्ध सामुदायिक वनका जमदार पर्शुराम थारु उत्कृष्ट वनकर्मी र मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्का पुरस्कृत भएका छन् ।

उनीहरुलाई मन्त्री सुरेन्द्र बहादुर हमालले कदरपत्रसहित सम्मान गरेका हुन् । मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷२०७९ मा ७८.२१ प्रतिशत मात्रै बजेट खर्च गरेको र ४० करोड बजेट फ्रिज भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?