+
+

जुम्लामा जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते ८:३४
पावरहाउस भएको स्थान ।

३१ असार, सुर्खेत ।  जलविद्युत आयोजनाको पावर हाउस भासिँदा  जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

हिमा गाउँपालिका-0१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको मुत्यु भएको हो ।

राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।

उनका अनुसार मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् ।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनीहरू तीनै जना पावर हाउसभित्र सुतिरहेका थिए । गोरक भने काम विशेषले बाहिर गएका थिए ।

पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी टोली राति ४ बजे नै घटनास्थलमा पुगेको थियो ।

शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको सहायक प्रजिअ रिजालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?