+
+

साउनभित्रै सिंहदरबारका क्यान्टिनबाट ग्याँस सिलिन्डर हटाउन पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १९:४०

३१ असार, काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी कार्यान्वयन गर्न भनेको छ ।

बजेटको सो बुँदामा भनिएको छ, ‘सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।’ यो बुँदा कार्यान्वयन गर्न अब सिंहदरबारका सबै क्यान्टिनबाट ग्याँस सिलिन्डर विस्थापित हुनु पर्ने भएको छ ।

बजेटले आगामी तीन महिना भित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाउने घोषणा गरेको छ ।

उद्योग मन्त्रालयको पत्र प्राप्त भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका सबै निकायमा यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्राधिकरण, विभाग, बोर्ड तथा विकास समितिहरुलाई यस्तो निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?