+
+

विश्वराज पोखरेलको रिट खारेज, आईजीपीमा सिंहको नियुक्ति सदर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १९:२५
फाइल तस्वीर ।

३१ असार, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोेच्च अदालतले खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो । यो ओदशसँगै एआईजी पोखरेलसामू प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प देखिएको छ ।

सिंहसहित वसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवा गर्ने निर्णयविरुद्ध डीआईजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले हालेको रिट पनि सर्वोच्चले खारेज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?