+
+
राष्ट्रिपति रनिङ शिल्ड :

गण्डकी प्रदेश भन्छ– निर्देशिका विपरीत खेलाडी समावेश गरिएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १५:३८

३१ असार, काठमाडाैं । गण्डकी प्रदेश खेलकुद परिषदले विहीबार काठमाडौंमा सम्पन्न १२औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा प्रतियोगिता निर्देशिका विपरीत खेलाडी समावेश नगरिएको दावी गरेको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन निर्देशिका विपरीत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई समावेश गरिएको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो । गण्डकी प्रदेशले वक्तव्य जारी गरी सो समाचारको खण्डन गरेको छ ।

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरी बादल कार्कीले राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सको ३ हजार मिटर दौडतर्फ रजत पदक जितेका थिए । उनी यसअघि गत फागुनमा भारतको नागाल्याण्डमा आयोजित दक्षिण एसियाली क्रसकन्ट्री च्याम्पियनसिपका कांस्य पदक विजेता खेलाडी हुन् ।

नेपाल एथलेटिक्स संघले एथलेटिक्स फेडेरेसन अफ इण्डियाको आयोजनामा भएको सो प्रतियोगिता एथलेटिक्सको आधिकारिक प्रतियोगिता भएको जनाएको छ । एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले अनलाइनखबरसँग सो प्रतियोगितामा दक्षिण एसियाका चार देशको सहभागिता रहेको सो प्रतियोगिता आधिकारिक भएको जानकारी दिए ।

तर, राष्ट्रपति रनिङ शिल्ड गण्डकी प्रदेशका टोली नेता खगेन्द्र क्षेत्रीले वक्तव्य जारी गर्दै सो प्रतियोगिता आधिकारिक नभइ आमन्त्रणमात्र भएको दावी गरेका छन् । ‘गण्डकी प्रदेशको प्रतिनिधित्व गरी सहभागी भएका बादल कार्की अन्तर्राष्ट्रिय पदक विजेता खेलाी हुन भन्ने विषय नै गलत छ । भारतमा भएको क्रसकन्ट्री च्याम्पियनसिप अन्तर्राष्ट्रियस्तरको आधिकारिक प्रतियोगिता नभई आमन्त्रित प्रतियोगितामात्र हो र त्यो प्रतियोगिता ट्र्याक एण्ड फिल्डसँगसमेत असम्बन्धित हो ।

प्रतियोगिता सन्चालन निर्देशिकामा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीले राष्ट्रपति रनिङ शिल्ड खेल्न नपाउने प्रष्ट व्यवस्था छ । राखेप र प्रदेश टोलीले यसको आफूखुसी व्याख्या गरिरहेका छन् । गण्डकी प्रदेशले एथलेटिक्सकै क्रसकन्ट्रीलाई ट्र्याक एण्ड फिल्डसँग जोड्न नहुने बताइरहेको छ । राखेपले भने भारतमा जितेको पदक आधिकारिक हो होइन भनेर प्रष्ट नभएको बताएको छ ।

राष्ट्रपति रनिङ शिल्डको आयोजक राखेपका प्रतियोगिता तथा योजना विभाग प्रमुख मिनकुमार शर्माले एथलेटिक्स संघले भारतमा खेलाडी पठाएकोबारे राखेपलाई आधिकारिक जानकारी भएनभएको बारे पत्र हेर्नुपर्ने बताए ।

याे पनि पढ्नुहाेस

निर्देशिका विपरीत अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी प्रतिस्पर्धामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?