+
+

अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा, तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १६:०१

३१ असार, जनकपुरधाम । भन्सार नतिरी भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखिएको जनकपुरधामस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-९ स्थित घरमा छापा मार्दा ठुलो मात्रामा मेडिकल सामग्री फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

मेडिकल सामग्री फेला परेपछि घरमा बसिरहेका तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने तीनै जना भारतीय नागरिक रहेको बस्नेतले बताए ।

ती सामानसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने र अन्य अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?