+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमसीसीबारे प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्ति चिनियाँ दूतावासद्वारा खण्डन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते २०:०९

३१ असार, काठमाडौं। नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा चीनको भूमिकाबारे गरेको टिप्पणीको नेपालस्थीत चिनियाँ दूतावासले खण्डन गरेको छ ।

चिनियाँ दूतावासले आफ्ना प्रवक्तामार्फत शुक्रबार त्यसको खण्डन गर्दै प्रस्तावित राजदूत थम्पसनको भनाइ ‘आधारहीन’ भएको बताएको हो ।

केही महिनाअघि नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित थम्पसनले बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिने क्रममा चीनले चलाएको दूष्प्रचारका बीच पनि नेपालको सदनले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको उल्लेख गरेका थिए ।

चिनियाँ दूतावासले एमसिसीबारे नेपालमा चर्को बहस भएको तर संसदले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको उल्लेख गरेको छ । उक्त व्याख्यात्मक टिप्पणीमा नेपालको कानुन एमसीसीभन्दा माथि हुने व्यवस्था गरेको दूतावासको भनाइ छ ।

‘थम्पसनको अभिव्यक्तिले चीनको मात्रै नभएर नेपाल र नेपालीको पनि अपमान गरेको छ । वास्तवमा प्रस्तावित राजदूतको अभिव्यक्ति नै ‘दुष्प्रचार’ हो,’ दूतावासले भनेको छ, ‘चीन यसको खण्डन गर्दछ ।’

दूतावासले अन्तर्राष्ट्रिय सहायता लिँदा परस्पर सम्मान र समानताको आधारमा सम्बन्धित देशको सार्वभौमसत्ता र नागरिकको सम्मान गर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा कूटनीतिक दबाब हुनु नहुनेमा चीन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

‘चीन छिमेकी मित्र र विकास साझेदार भएकाले नेपालको सार्वभौमिकताको रक्षा, स्वतन्त्रता र राष्ट्रिय हितको सुरक्षा गर्न तथा नेपालले आफ्नै स्वतन्त्र विकासको बाटोबाट अघि बढ्न सहयोग गर्नेछ,’ दूतावासले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?