+
+

क्लब खोज्दै रोनाल्डो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १७:५४

३१ असार, काठमाडौं । विश्व फुटबलमा लगातार डेढ दशक राज गरेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई कुनै बेला भित्र्याउन क्लबहरु तँछाडमछाड गर्थे । पाँच पटकका बालोन डे’ओर विजेता ३७ वर्षीय रोनाल्डोको समय अहिले फेरिएको छ ।

पोर्चुगलका यी स्टार अहिले आफैं क्लब खोज्नुपर्ने अवस्थामा पुगेका छन् । रोनाल्डो हाल इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा आबद्ध छन् ।  युनाइटेडमा उनको सम्झौता अझै एक वर्ष बाँकी छ । तर, रोनाल्डो ओल्ड ट्राफोट छाड्ने मनस्थितिमा पुगिसकेका छन् ।

युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि अहिले रोनाल्डोको चाहना फेरिएको छ । युनाइटेडले आउने सिजन युरोपा लिग खेल्नेछ । जुन च्याम्पियन्स लिग भन्दा तल्लो दर्जाको क्लब प्रतियोगिता हो । रोनाल्डो युरोपा लिग खेल्ने मुडमा छैनन् ।

रोनाल्डोले युनाइटेड छाड्ने चाहना व्यक्त गरेको खबर सार्वजनिक भएपछि प्रिमियर लिगकै चेल्सीदेखि बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन (पीएसजी)सम्म नाम जोडिएको थियो । .अहिले अचम्मको ट्रान्सफर मार्केट देखिएको छ कि कुनै पनि क्लबले रोनाल्डोप्रति इच्छा देखाएका छैनन् ।

बायर्न म्युनिकका स्पोर्ट्स डिरेक्टर हसन साहीहामिजिचले यो हल्लामात्र भएको बताएका छन् । यस्तै पीएसजीले पनि रोनाल्डोको लागि टिममा स्थान नभएको जनाइसकेको छ ।

यस्तै चेल्सीले पनि रोनाल्डो अनुबन्धप्रति इच्छा नभएको जनाएको छ । चेल्सीले म्यानचेष्टर सिटीबाट रहिम स्टर्लिङलाई अनुबन्ध गरेपछि रोनाल्डो प्रतिको चाहना हटाएको हो ।

युनाइटेडका प्रशिक्षक एरिक टेन हागले पनि रोनाल्डो विक्रीका लागि नभएको बताएका थिए । प्रि–सिजन टूर अन्तर्गत म्यानचेष्टर युनाइटेड एसिया भ्रमणमा रहँदा रोनाल्डो टिमसँग छैनन् । पारिवारिक कारण उनलाई छुट्टी दिइएको क्लबले जनाएको थियो ।

युनाइटेड प्रि–सिजनमा रहेका बेला रोनाल्डोले क्लब नपाउनु अहिले विश्व फुटबलमै ठूलो चर्चाको विषय बनेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?