+
+

प्रभु र अजोड इन्स्योरेन्स मर्जरमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १०:३६

१ साउन, काठमडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने -मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । ३२ असार शनिबार दुई कम्पनीबीच एक आपसमा मर्जर जाने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गर्दा तलमाथि नभएमा प्रभु र अजोड इन्स्योरेन्सबीच १००:७० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएका दुबै कम्पनीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मर्जरपछि बन्ने कम्पनीमा अजोड इन्स्योरेन्सको १०० कित्ता सेयर हुने सेयरधनीले ७० कित्ता सेयर पाउनेछन् ।

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा प्रभु इन्स्योरेनसका तर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका तर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरेका छन् ।
मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुनेछ । सञ्चालक समितिको अध्यक्षमा अजोडका अजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?