+
+

सानिमा बैंकले अब निक्षेप खातामा मासिक व्याज दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १८:३३

काठमाडौं । सानिमा बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गरी अब निक्षेप खाताहरुमा मासिक व्याज प्रदान गर्ने भएको छ ।

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, अष्ट्रेलियन डलर आदिका खाताहरुमा महिनै पिच्छे व्याज दिन लागेको जानकारी दिएको छ ।

यो योजनामा बचत खाता, कल खाता तथा सम्पूर्ण खताहरुमा लागू भएको छ । साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ ।

मुद्दती निक्षेप रकम परिपक्कता पश्चात एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिने छ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपमा ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडित कार्ड लिन सक्ने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।

त्यस्तै मासिक बचत गरी अधिकत्तम व्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त व्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ खाता समेत सुरु गरेको छ । यसमा भविष्यमा व्याज घट्ने चिन्ता समेत नहुने बै‌ंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?