+
+

जुम्लाका १४३ भेडापालकले पाए गोठालो भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १८:१८
हिमा गाउँपालिका-२ ओदीमा रहेको लामाविष्णु भेडा फारम । तस्वीर : नेत्र शाही ।

१ साउन, जुम्ला । जुम्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा २६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका किसानको अनुगमन गरेर कार्यालयले १४३ किसानलाई भत्ता दिइएको हो ।

स्थलगत रिपोर्ट र मूल्यांकनपछि मात्र १४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए । ‘एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न केही सहज होस् भनेर प्रोत्साहन स्वरूप गोठालो भत्ता दिने गरिएको छ’ उनले भने ।

कर्णालीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको सहयोगमा भेडा पालक किसानलाई ‘गोठालो भत्ता’ दिइएको हो । कार्यालय प्र्रमुख महतका अनुसार ५० भन्दा धेरै भेडा पाल्ने किसानलाई मासिक एक हजार ५०० का दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको छ ।

चट्याङले भेडा मरेका किसानलाई राहत वितरण

जिल्लाको पातारासी गाउँपालिकामा चट्याङ परेर भेडा गुमाएका किसानलाई कर्णाली प्रदेश सरकारले राहत वितरण गरेको छ ।

मरेका १३० वटा भेडाका धनी पाँच किसानलाई पाँच लाख २० हजार रुपैयाँ राहत वितरण गरिएको हो । कर्णाली प्रदेशको भूमि तथा कृषि सहकारी मन्त्रालय सचिव डा. लेखराज दाहाल जुम्ला पुगेर किसानलाई चेकमार्फत रकम हस्तान्तरण गरे ।

पीडित किसानमध्ये धर्मसिंह रिउले एक लाख ४४ हजार, सुक रिउले एक लाख ७६ हजार, मानबहादुर रोकायाले ८० हजार, शंकर नेपालीले ४० हजार र जोरा रोकायाले ८० हजार रुपैयाँ पाएका छन् ।

पशु अस्पताल तथा पशुुसेवा कार्यालयका अनुसार पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा असार १७ गते चट्याङ पर्दा १३० भेडा मर्नुका साथै ३०० वटा वेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?