+
+

नगरसभा बैठकबाट पत्रकार निकालेको घटनामा धनगढीका मेयरले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते २०:३५

१ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरसभा बैठकबाट अनलाइनखबरकर्मी जनक विष्टलाई बाहिर निकालेको घटनामा माफी मागेका छन् ।

आइतबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको समन्वयमा भएको छलफलमा मेयर हमालले गल्ती स्वीकार गरेका हुन् ।

‘पत्रकारलाई बाहिर निकाल्ने र सूचना नदिने उपमहानगरपालिकाको नीति होइन तर अघिल्लो नगरसभा बैठकमा असम्बन्धित मान्छेहरु प्रवेश गरेकाले अरु मान्छेलाई प्रवेश गर्न नदिन निर्देशन दिइएको थियो,’ हमालले छलफलमा भने, ‘सोही क्रममा कर्मचारीले अञ्जानमा बाहिर निकालेको घटनामा उपमहानगरपालिकाका तर्फबाट सम्पूर्ण पत्रकारज्यूहरुसँग क्षमा माग्न चाहान्छु ।’

गत असार २७ गते नगरसभा बैठक चलिरहेका बेला समाचार संकलनका लागि पुगेका बेला पत्रकार विष्टलाई आन्तरिक छलफल भएकाले प्रवेश गर्न नमिल्ने भन्दै एक जना कर्मचारीले बाहिर निकालेका थिए ।

पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उपमहानगरपालिकाले गल्ती स्वीकार गरेकामा धन्यवाद दिदै आगामी दिनमा यस्ता घटना हुन नदिन सचेत हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?