+
+

साफ यू-२० च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १२:१२

२ साउन, काठमाडौं । साउन ९ गतेदेखि २० गते (जुलाई २५ देखि अगष्ट ५ सम्म) भारतको भुवनेश्वरमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले २३ जनाको अन्तिम टोली छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका ३० बाट अन्तिम टोली छनोट गरिएको हो ।

सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलानसहित ए डिभिजनमा खेलेका कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई लगायत खेलाडी टिममा छन् ।

दोस्रो चरणको प्रशिक्षणबाट सौरभ कार्की, अकिव हक, आश्विन भट्टराई, राज थोकर, पृतन स्याङ्तान, क्षितिज भण्डारी र रोहित सुब्बाले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

यसपटक कोभिड-१९ ले गर्दा उमेर समूहको प्रतियोगिता नहुँदा एन्फाले देशैभरीबाट खुला छनवट गर्दै ४१ जनालाई पहिलो चरणको बन्द प्रशिक्षणमा समावेश गरेको थियो ।

साफ यू-२० च्याम्पियनसिपमा नेपाल र आयोजक भारतसहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल ९ साउनमा माल्दिभ्ससँग खेल्नेछ ।

नेपालले ११ साउनमा श्रीलंका, १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि अंकतालिकामा शीर्ष दुईमा रहने टोलीले २० साउनमा फाइनल खेल्नेछन् ।

साफ यू-२० पछि नेपालले बगामी सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने एएफसी यू-२० छनोट खेल्नेछ । उक्त छनोटमा नेपाल आयोजक बहराइन, कतार, भुटान र बंगालादेशसँगै समूह ‘बी’ मा छ ।

अन्तिम टोली :

गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेण्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा

मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड : दीपेश राई, निरन्जन मल्ल, रोहन खड्गी

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?