+
+

राखेप सदस्य सचिव र कतारका राजदूतबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते २०:११

४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच भेटवार्ता भएको छ । भेट वार्ता त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको हो ।

भेटमा सदस्य–सचिव घिसिङले राजदूत युसुफ खेलकुद प्रेमी भएको थाहा पाउँदा खुशी लागेको बताउँदै कतारमा हुने विश्व कपको पूर्व सन्ध्यामा नेपालस्थित दूतावाससँग समन्वय गर्दै राखेप, अखिल नेपाल फुटबल संघ र नेपाल ओलम्पिक कमिटी मिलेर कार्यक्रम आयोजना गर्ने सोच रहेको बताए ।

राजदूत युसुफले सदस्य–सचिव घिसिङको शुभेक्छा प्रति आभार प्रकट गर्दै नेपाली खेलकुदको विकासका लागि सरकारमार्फत प्रस्ताव गरे आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत युसुफले मायाको चिनो स्वरुप सदस्य–सचिव घिसिङलाई फुटबल उपहार दिएका थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?