+
+

करण जोहरको नयाँ फिल्म ‘स्क्रु ढिला’मा टाइगर श्राफ र रश्मिका मन्दाना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १४:१४

काठमाडौं । ‘स्टुडेन्ट अफ दी इयर’पछि टाइगर श्राफ धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरसँग दोस्रोपटक सहकार्य गर्दैछन् ।

आगामी अक्टोबरदेखि छायांकन हुने एक्सन फिल्म ‘स्क्रु ढिला’मा उनी ‘कन्फर्म’ भएका छन् । यो फिल्म दुल्हनियाँ सिरिज फेम्ड निर्देशक शशांक खेतानले निर्देशन गर्दैछन् ।

फिल्ममा टाइगरले ‘पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानासँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । बलिउड हंगामाका अनुसार फिल्ममा टाइगरले अभिनय गर्ने चरित्रको विशेषताबाट फिल्मको शीर्षक राखिएको हो ।

‘यो विशुद्ध शशांक खेतान शैलीको फिल्म हुनेछ,’ स्रोतले भन्यो ।

युरोपदेखि छायांकन सुरु हुने फिल्मलाई भारतमा समेत खिचिने भएको छ । पहिलो चरणको छायांकनमै रश्मिका र टाइगर छायांकनको हिस्सा हुनेछन् । ‘यो एक्सन मात्र हैन, बलियो कथावस्तुको फिल्म पनि हुनेछ जसलाई टाइगरले अहिलेसम्म गरेका छैनन्,’ स्रोतले भन्यो ।

सन् २०२३ को मध्यमा फिल्म प्रदर्शन तयारी छ । फिल्मको खलपात्रको कास्टिङ समेत तयारी छ । करण जोहरले निर्माण गरेका फिल्म लाइगर, ब्रम्हास्त्र, गोविन्दा नाम मेरा, मिस्टर और मिसेस माही, रकी और रानीकी प्रेम कहानी प्रदर्शन तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?