+
+

अर्थमन्त्रीमाथिको छानबिन समितिको म्याद ७ दिन थप

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १६:२४

५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।

आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुन: ७ दिन थप भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए  । त्यसलाई बैठकले अनुमोदन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?