+
+

गोलका भोका लेवान्डोस्की

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १७:५५

५ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका फरवार्ड रोबर्ट लेवान्डोस्कीले आफू जित्नका लागि उत्कृष्ट ठाउँमा भएको बताएका छन् ।

‘फुटबलमा जित्ने चाहना हुनु महत्वपूर्ण कुरा हो र मेरो विचारमा म त्यसका लागि सही ठाउँमा छु, लेवान्डोस्कीले भने ‘म गोलका लागि भोको छु ।’

एक वर्षको सम्झौता बाँकी छँदै उनी जर्मन क्लब बायर्न म्युनिख छाडेर बार्सिलोना लागेका हुन् । लेवान्डोस्कीको ट्रान्सफरका लागि दुवै क्लबले केही उतारचढावको सामना पनि गर्नुपर्‍यो ।

प्रिसिजन टुरमा अमेरिकामा रहेको बार्सिलोनाले अन्तत: लेवान्डोस्कीलाई मायामीमै आधिकारिक रुपमा क्लबको खेलाडीको रुपमा बुधबार प्रस्तुत गर्‍यो । लेवान्डोस्की केही दिनअघि मै अमेरिका पुगेर स्वास्थ्य परिक्षण गराएका थिए र उनी टिममा सामेल भइसकेका छन् ।

बार्सिलोनाले प्रि सिजन खेलमा इन्टर मायामीलाई ६-० ले हराए पनि सबैको ध्यान लेवान्डोस्कीले नै तानेका थिए ।

लेवान्डोस्कीले बार्सिलोनासँग केही ट्रेनिङ सेसन समेत बिताएका छन् । प्रिसिजन टुरमै बार्सिलोनाले स्पेनिस प्रतिद्वन्दी रियल मड्रिडसँग मायामीमा खेल्दैछ । लेवान्डोस्कीले रियलसँगको खेलका लागि आफू तयार रहेको समेत बताएका छन् ।‘मलाई आशा छ । म धेरै गोल गर्न सक्छु । त्यो नै मेरो चुनौती हो ।’

लेवान्डवस्कीले धेरै काम गर्न बाँकी रहेको र टिममा क्षमता पनि रहेको बताए । ‘हामीले धेरै काम गर्न बाँकी छ । तर टिममा धेरै गुणस्तर र क्षमता छ । म राम्रो क्लबमा छु ।’

बार्सिलोनाले विश्व मञ्चमा फर्काउँदैछौं

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लब रोजेकोमा पोलिस स्ट्राइकरलाई धन्यवाद दिँदै टिम व्यस्थापनको प्रशंसा गरे ।

‘धन्यवाद र बार्सिलोनामा स्वागत छ,’ लापोर्टाले पोलिस भाषामै भने ‘उहाँले यहाँ आउन असाधारण प्रयास गर्नुभएको छ । यो सजिलो थिएन र हामी धेरै गर्व गर्छौं कि तपाईँ हाम्रो लागि खेल्न चाहनुहुन्थ्यो । हामीलाई तपाईँको आवश्यकता छ, तपाईँ एक स्टार हुनुहुन्छ र हामीले धेरै अपेक्षाहरू राखेका छौँ ।’

लापोर्टाले टिम बलियो बनाउन लागिरहेको बताए । ‘हामी टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउन चाहन्छौं र हामीले त्यसमा प्रगति गरिरहेका छौं । हामी बार्सिलोनालाई विश्व मञ्चमा फिर्ता ल्याउँदैछौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?