+
+

भारतीय कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते ११:१४

६ साउन, विराटनगर । भारतीय कन्टेनरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु भएको छ । बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चोकमा भारतीय नम्बर प्लेटको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान दुई जनाको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएकाे छ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का अन्दाजी २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो ।

प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ । साँघुरो सडकमा ओभरटेक गर्न खोज्दा कन्टेनरले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले केही समय सवारीसाधन सञ्चालनमा रोक लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?