+
+

नम्रतासँगको अभिनयमा रामकृष्णले ल्याए  गीत ‘काली’, भन्छन्- फिल्ममा फर्कन तयार छु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १२:४१

काठमाडौं । आफ्नो जीवनमा आधारित फिल्म ‘आशिर्वाद’ गरेयता गायक रामकृष्ण ढकाललाई ठूलो पर्दामा फर्कन समय जुरेको छैन । तर उनी पुनः फिल्ममा ‘कमब्याक’ गर्न चाहन्छन् ।

आफ्नो पछिल्लो गीत ‘काली’ सार्वजनिक गर्न आयोजित समारोहमा ढकाल फिल्ममा फर्कन उत्साहित सुनिए । २० वर्षपछि अभिनयमा फर्किन इच्छुक देखिएका ढकाल यथार्थवादी कथावस्तु पाए अभिनय गर्न आफू तयार रहेको समेत सुनाए ।

उनी बेलाबखत आफैंले अभिनय गरेका गीतमा चाहिं फिचर्ड भइरहन्छन् । नयाँ गीत ‘काली’मा उनले नम्रता सापकोटासँग जोडी बाँधेका छन् । सुव्रत आचार्य निर्देशित भिडियोमा नम्रतासँग ढकाल रोमान्टिक पनि देखिएका छन् ।

‘फिल्ममा फेरि काम गर्ने सोच त छ । कहिलेकाहीं सोचेको कुरा पनि पुग्दैन । कहिलेकाहीं नसोचेको कुरा पनि पुग्छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो चाहना यथार्थपरक फिल्ममा काम गर्ने हो । ड्रामाटिकल फिल्मभन्दा पनि यथार्थपरक फिल्ममा काम गर्न मन छ ।’

योसँगै गायक ढकालले आफूले सिर्जना गरेका गीतमा आफैंले अभिनय गर्दा उक्त गीत अझै अब्बल बन्ने समेत बताए । ‘जति गायकले बुझेको हुन्छ, कलाकारले गीतको मर्म कमै बुझ्छ,’ उनी सुनिए, ‘मलाई लाग्छ, अभिनय र गायन नङ र मासुजस्तै हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?