+
+

मौद्रिक नीति अगाडि २६ अंकले घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १४:१०

६ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ ।

केन्दि्रय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको हो । शुक्रबार नेप्से २७.२६ अंक (१.३३ प्रतिशत)ले गिरावट भएर २०१७.४६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचक घटेका छन् । व्यापार उपसूचक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमूलक र अन्य उपसूचक २.१४ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.१३ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार बजारमा १ अर्ब ४४ करोड ३४ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै २१ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाखको कारोबार भएको छ ।

शुक्रबार १७९ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । सेयरमूल्य घटेका कम्पनीमध्ये सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ५.७९ प्रतिशतले गिरावट हुँदा रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ४.७३ प्रतिशतले गिरावट भएको छ । यस्तै सूर्योदय बोमी लघुवित्तको सेयरमूल्य ४.५६ प्रतिशतले गिरावट भएको छ ।

यता सेयर मूल्य बढ्ने कम्पनीमध्ये किसान लघुवित्तको सेयर मूल्य सवार्धिक ८.४१ प्रतिशतले वृद्धि हुँदा गणपति लघुवित्तको सेयरमूल्य ६.०७ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?