+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १८:१४

६ साउन, सर्लाही । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरि खाल्डोमा पुरेको आरोपमा प्रहरीले श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा गाउँपालिका १ बस्ने बालदत भनिने रमजेशकुमार यादव, उनका बुवा रामप्रताप र भाइ राजु छन् ।

यी तीनै जनाले मिलेर रमजेशकी २० वर्षकी श्रीमती निशाको हत्या गरि घरदेखि ४ किलोमिटर पूर्व आफ्नै जग्गामा शव गाडेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।

२२ जेठमा निशा हराएको भन्दै खोजिदिन उनका बुवा कैलाश राय र २४ गते उनका ससुरा रामप्रतापले प्रहरीमा निवेदन दिएका थिए ।

निवेदन आएपछि अनुसन्धान सुरु गरेको प्रहरीले निशाका श्रीमान, ससुरा र देबरसँग सोधपुछ गर्दा उनीहरूले हत्या गरि खेतमा गाडेको बयान दिएका डीएसपी यादवले बताए ।

उनीहरूको बयानका आधारमा ६ साउनमा खेत पुगेर उत्खनन गर्दा सडेको अवस्थामा शव, साडी, जुटको बोरा र पराल फेला परेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?