+
+

शहीद जातको होइन राष्ट्रको हुन्छ : एमाले अध्यक्ष ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते १०:२६

७ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् ।

पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने बताएका हुन् ।

‘म इतिहासकारलाई अनुरोध गर्दछु । शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू । जातको होइन राष्ट्रको सहिद हुन्छ’ उनले भने, ‘जो पहिलो मारियो उही पहिलो शहीद हो ।

परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय शहीद हुने उनको भनाइ छ ।

साथै अध्यक्ष ओलीले पुष्पलालले नेपाललाई तानाशाहबाट मुक्त बनाएको बताउँदै राजनीतिक चेतनासँगै अन्धविश्वास हटाएको दाबी गरे ।

पुष्पलाले किंवदन्तीबाट नेपालको वास्तविक देखाएको उल्लेख गर्दै ओलीले अहिले पनि इतिहासलाई कंवदन्तीबाट यथार्थमा ल्याउनु पर्ने बताए ।

अहिले पनि राजाका वटावटी कथाहरू सुनिने गरेको भन्दै उनले वास्तविकतामा इतिहासलाई फर्काउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?