+
+

पारसले लेजेण्ड क्रिकेट लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १६:५२

८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । आगामी सेप्टेम्बर अक्टोबरमा हुने दोस्रो संस्करणमा पारस सहभागी हुने जानकारी लिजेण्ड क्रिकेट लिगले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको हो ।

यस लिगमा विश्वका चर्चित पूर्व क्रिकेटरहरुले खेल्ने छन् । यस संस्करण विश्वका ५० जना क्रिकेटरहरु अनुबन्ध भइसकेका छन् । यस पटक ११० जना खेलाडी समावेश गरेर ४ वटा टिम बनाइने छ ।

अघिल्लो संस्करणमा सहभागी खेलाडीलाई लव्र्ड जायन्ट्स, एसिया लायन्स र इन्डिया महाराजा( भारतको महाराज) गरी तीन समूहमा बाँडिएको थियो ।

पारसले आइतबार सामाजिक सञ्जालमा लिजेण्ड क्रिकेटका लागि आफू अनुबन्ध भएको बताएका छन् ।

नेपालका पूर्वकप्तान पारस नेपाली क्रिकेटका एक सफल खेलाडी तथा सफल कप्तान हुन् । नेपालले उनको कप्तानीमा सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । पारसले २०१९ मा युएईविरुद्ध तेस्रो ओडीआईमा ११५ रनको ऐतिहासिक शतक प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?