+
+

एकदिवशीय क्रिकेट धरापमा परेकै हो त ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १९:३८
सन् २०१९ को विश्वकप क्रिकेट जितेपछि इंग्ल्याण्डका खेलाडी ।

८ साउन, काठमाडौं । पछिल्लो हप्ता विश्वका चर्चित खेलाडी वेन स्टोकले एकदिवशीय क्रिकेटबाट सन्यास लिए । एक दिवशीय क्रिकेटमा राम्रो लयमा भएका खेलाडीले एक्कासी गरेको सन्यासको घोषणाले सबैलाई चकित पारेको थियो ।

यो मात्रै होइन रविचन्द्र आश्विन र माइकल वार्नले एक पोडकास्टमा बोल्ने क्रममा एकदिवशीय क्रिकेट चलेको बेला टेलिभिजन बन्द गरिदिने बताएका थिए ।

स्टोकले एकदिवशीय क्रिकेटबाट लिएको सन्यासलाई समर्थन गर्दै पाकिस्तानका पूर्व कप्तान वसिम अक्रमले पनि ५० ओभरको खेलको अर्थ नरहेको बताएका थिए । उनले कमेन्ट्री गर्दा पनि एकदिवशीय खेल निकै पट्यार लाग्दो हुने गरेको बताए ।

सत्य पनि यहि हो, पछिल्लो दुई दशकदेखि एकदिवशीय खेलको लोकप्रियता घट्दै आएको छ ।

भारतीय क्रिकेट हस्ती सचिन तेन्दुलकरले पनि २००९ यता एकदिवशीय फर्म्याटले चर्चा बटुल्न नसकेको बताए । त्यस अघि एकदिवशीय खेल, खेलाडीका लागि दाम र नाम कमाउन सहज हुने फर्म्याट थियो । एकदिवशीय क्रिकेट धेरै लामो हुने भएकाले खेलाडी तथा समर्थक दुवैलाई बिचका ओभरहरु अल्छी लाग्दो हुने उनले बताए ।

पावर प्लेको १० ओभर र पछिल्लो पावर हिटिङ १० ओभर मात्र चाख लाग्दो हुने र बाँकी बिचका ओभरहरु पट्यारलाग्दो हुने उनले बताए । तेन्दुलकरले ५० ओभरको खेललाई २५/२५ ओभरको दुई इनिङ्स बनाउँदा आकर्षक र रोमाञ्चक हुने बताए ।

इङ्ल्यान्डका पूर्व कप्तान टोनी ग्रेन र तेन्दुलकर र दुवैले ५० ओभरको एकदिवशीय खेललाई चार वटा इनिङ्समा विभाजन गर्ने विचार प्रस्तुत गरे । ग्रेनले २०१२ मा भनेका थिए, ‘२०११ मा भएको विश्वकप सफल भयो किनभने उक्त खेल भारतमा भएको थियो । तर एकदिवशीय खेलको आकर्षण घट्दै गई रहेको छ ।’

सचिन तेन्दुलकर ।

त्यस लगत्तै ग्रेन कतै न कतै गलत सावित पनि भए । अष्ट्रेलियामा भएको २०१५ को विश्वकप, त्यसपछि न्युजिल्यान्डमा भएको विश्वकप तथा २०१९ मा इङ्ल्यान्डमा भएको एकदिवशीय विश्वकप अत्यधिक सफल भयो ।

तर एकदिवशीय क्रिकेटको र्फम्याटमा चुनौती भने पक्कै आएको छ ।

क्रिकेट हस्ती स्टोकले एक्कासी एकदिवशीय क्रिकेटबाट सन्यास लिए पछि क्रिकेट समर्थकमा हलचल ल्यायो । एकदिवशीय क्रिकेटमा राम्रो गरि रहेका खेलाडीले समय अगावै सन्यास लिनु एकदिवशीयमा उब्जिएको अर्को प्रश्न हो ।

विश्व क्रिकेटमा टी–२० क्रिकेट लिग चल्नु र यसको प्रशिद्धी अत्यधिक हुनु एकदिवशीय फर्म्याटको लोकप्रियता घट्नुको मुख्य कारण हो । एकदिवशीय क्रिकेटको लोकप्रियता खेलाडीमा पनि घट्दै गइरहेको छ । टि–२० क्रिकेट हाल समर्थक माझ पनि निकै लोकप्रिय छ । खेलाडीमाझ पनि यी दुई फर्म्याटमध्ये टी–२० फर्म्याट बढी लोकप्रिय रहेको छ ।

स्टोक तीनै फर्म्याटका क्रिकेटमा चलेका खेलाडी हुन् । उनले कुनै एक फर्म्याट छोड्न परेको खण्डमा एकदिवशीय छोड्ने घोषण गरेका थिए ।

तर केही खेलाडी जस्तै क्विन्टन डी ककले एकदिवशीयलाई निरन्तरता दिँदै टेष्ट फर्म्याट छोडेका छन् । त्यस कारण एकदिवशीय खेलको लोकप्रियता घटेको नै भनेर भन्न सकिँदैन ।

तर हाल स्टोक, कोहली र रोहित जस्ता खेलाडी जसले लामो समय क्रिकेट खेलेका छन् उनीहरुले कुन फर्म्याटमा आफूलाई अगाडि लानेछन् त्यो कुराले पनि क्रिकेटको विकल्पको रुपमा कुन हुने भन्ने निर्धारण गर्नेछ ।

टेष्ट क्रिकेटमा कार्यभार सम्हाल्ने क्षमता तथा खेलको उत्साह कुनमा बढी भन्ने भएमा अहिलेको खण्डमा टी–२० फर्म्याटले नै बढी लोकप्रियता पाउने सम्भावना देखिएको छ ।

– एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?