+
+

वनमन्त्री यादव फिल्म ‘मुस्कान’मा हिरो बन्दै, रमित ढुंगानाले निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १२:५८
वन तथा वातावरणमन्त्री प्रदीप यादव र अभिनेता रमित ढुंगाना

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने भएका छन् । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिनेछन् ।

एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ । छायांकनको लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरे ।

उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।

निर्देशक ढुंगानाले खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्‍याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन् । ‘वनमन्त्री ज्यूले पनि सघाएकाले उहाँलाई पनि हिरो बनाउन लागेका हौं,’ ढुंगानाले अनलाइनखबरसँग भने ।

फिल्ममा मुस्कान स्वयंको पनि प्रमुख भूमिका हुन्छ । यसबाहेक रमितसँग रोधी घर र पृथ्वीनारायण शाह नामक दुई फिल्म पनि पाइपलाइनमा छन् । अहिले यी दुई फिल्मको अनुुसन्धान र स्क्रिप्ट लेखनको कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?