+
+

पपगायक धीरज राईको अभियानमा जोडिए ५० सेलिब्रिटी, राष्ट्रसंघमा पेन्टिङ बुझाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १३:४७

काठमाडौं । पपगायक धीरज राई १२ वर्षदेखि ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान चलाइरहेका छन् । ४० भन्दा बढी मुलुकमा पुगेर उनले बुद्ध नेपालमा जन्मिएको सन्देश पुर्‍याइरहेका छन् ।

विदेशी मुलुकका पाठ्यक्रममा पनि यो तथ्य प्रस्तुत गर्न उनले त्यहाँ पुगेर दबाब दिइरहेका छन् । राईको यो अभियानमा साथ दिने नेपाली सेलिब्रिटीको संख्या ५० पुगेको छ ।पछिल्लो पटक उनको यो अभियानमा अभिनेता दयाहाङ राईदेखि धरानका मेयर हर्क साम्पाङ पनि जोडिएका छन् । यसअघि कुलमान घिसिङ, महावीर पुनसहितका सेलिब्रिटी पनि जोडिइसकेका छन् ।

लुम्बिनी विकास कोषका सद्भावना दूत समेत रहेका पपगायक राईको अबको योजना भने सबै सेलिब्रिटीको हस्ताक्षरसहितको पेन्टिङलाई राष्ट्रसंघमा बुझाउनेछ ।

उनी चित्रकार किरण मानन्धरसहितका ५० जना पेन्टरले पोत्ने ३० फिट लामो बुद्ध नेपालमा जन्मिएको बारेको पेन्टिङलाई राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा पुगेर बुझाउने भएका छन् । यो पेन्टिङलाई वसन्तपुरमा प्रदर्शनको लागि समेत राखिने भएको छ । पेन्टिङसहितको निवेदन राष्ट्रसंघमा बुझाएर बुद्धबारेको भ्रम सच्याउन आग्रह गरिने धीरजले बताए ।

यसैबीच, आगामी दशैं र तिहार छेकोमा धीरज दुई नयाँ म्युजिक भिडियो  रिलिज गर्दै संगीतमा पुनरागमन गर्दैछन् । यी दुई डान्सिङ ट्रयाकमा धीरज आफैंले नृत्य प्रस्तुत गर्दैछन् ।

टीभी रियालिटी शो डान्सिङ स्टार्स नेपालमा सिकेको नृत्यको सीपलाई यो म्युजिक भिडियोमा उपयोग गर्ने उनको तयारी छ । यसका लागि उनी एक महिनासम्म डान्स सिक्दैछन् र म्युजिक भिडियोमा कोरियोग्राफी पनि उनको आफ्नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?