+
+

भक्तपुरको सल्लाघारी सडक छेउका २१ वटा रुख काटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १९:०८

९ साउन, भक्तपुर । भक्तपुरको सल्लाघारीमा रुख ढलेर ३ जनाको मृत्‍यु भएपछि सडक छेउका २१ वटा रुख काटिएको छ ।

जिल्ला प्रहरी कार्यायालय भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले सल्लाघारी सडक क्षेत्रका रुख काटेको जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘डिभिजन वन कार्यालय भक्तपुरले बिहानै ४ बजेदेखि २१ वटा रुख काटिएको छ ।’

आइतबार सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा ५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

भक्तपुर नगरपालिका-२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, स्कुटर चालक सर्लाही हरिवन नगरपालिका-४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर नगरपालिका-७ घर भई चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्योको रुखले च्यापेर मृत्यु भएको थियो।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको डीएसपी पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?