+
+

४ मंसिरमा चुनाव घोषणा भए आश्चर्य हुन्न : प्रमुख आयुक्त थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १७:१०

१० साउन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने बताएका छन् ।

आयोगले मंसिर २ को मिति उपयुक्त हुने परामर्श दिएको थियो । तर त्यो दिन शुक्रबार परेकाले दुई दिनपछि ४ मंसिर आइतबारमा गर्न सकिनेबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग आयोगका पदाधिकारीको छलफल भएको थियो ।

स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘अबको मन्त्रिपरिषद् बैठकले मंसिर ४ को मिति घोषणा भए आश्चर्य हुने छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?