+
+

पोग्बा घाइते, युभेन्टस्लाई झड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १७:३४

१० साउन, काठमाडौं । इटालियन क्लब युभेन्टस्का खेलाडी पउल पोग्बा घाइते भएका छन् । नयाँ सिजनको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा उनलाई घुँडामा चोट लागेको हो । घुँडामा चोट लागेका कारण उनी दुई महिना मैदान बाहिर रहने भएका हुन् ।

म्यानचेस्टर युनाइटेडबाट युभेन्टस् आएका पोग्बा घाइते भएपश्चात युभेन्टसलाई सिजन सुरु हुनु अघि नै झड्का लागेको छ । २९ वर्षका पोग्बा म्यानचेष्टर युनाइटेडसँगको सम्झौता सकिएपछि युभेन्टसमा आवद्ध भएका थिए ।

युभेन्टसले पोग्बाको बारेमा एक विज्ञप्ती जारी गर्दै उनी घाइते भएको र प्रि सिजनमा बार्सिलोनासँगको खेलमा मैदान नउत्रिने स्पष्ट पारेको छ । ‘पोग्बाले दाहिने घुँडा दुखेको बताएपछि रेडियोलोजिकल परिक्षण भयो । जसमा उनको ल्याटरल मिनिस्कस (घुँडाको जोर्नी) मा समस्या आएको छ । उनले आफ्नो परिक्षणका लागि चिकित्सकसँग सल्लाह गर्दै उपचारका लागि बस्नेछन् ।’

पोग्बाले युभेन्टसमा प्री सिजनको एक खेल मात्र खेलेका छन् । मेक्सिकन क्लब चिवासविरुद्ध उनी ४५ मिनेट मात्र मैदानमा रहेर गोल पनि गर्न सफल भएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?